पालुङमा खुल्यो महिन्द्रा प्युरिफायरको डिलर
मकवानपुर, १६ साउन । महिन्द्रा प्युरिफायर प्रा.लि.को बुधबार पालुङमा डिलर उद्घाटन गरिएको छ । डिलरको आज एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि एवं थाहा नगरपालिकाका मेयर लवसेर विष्टले पानसमा बत्ति बालेर तथा रिबन काटेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर विष्टले जनताको स्वास्थ र सुबिधाका विषयमा आफुहरु गम्भिर रहेको बताए साथै थाहा नगरमा प्यूरिफायरको डिलर संचालन हुनु राम्रो भएको बताए । कार्यक्रममा प्रालिका सेल्स हेड रामप्रसाद पण्डितले जनताकोलागि पालुङ आएको बताए ।
