बुधबार घट्यो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १६ साउन । मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको विनिमय दर कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र बिक्रिदर २७ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रिदर ३० रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रिदर २९ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ४२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ २७ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ८५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
