विद्यालयस्तरमै वित्तिय साक्षरताको कक्षा सञ्चालनको तयारी
काठमाडौं, १४ साउन । नेपालमा विद्यालयस्तरमै पाठ्यक्रमको डिजाइन गर्ने तयारी थालिएको छ । देशमा वित्तिय साक्षरता बढाउन अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको बताइएको छ । अनुसन्धानको क्रममा धेरै जसो नेपाली युवा युवतीहरु वित्तीय साक्षरता अभावकै कारण उद्यमशिलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष निष्किएपछि ‘फिन–टिच’ सार्वजनिक गर्न लागिएको हो ।
झण्डै १५ करोड रुपैयाँको बजेटसहित सार्वजनिक गर्न लागिएको २ वर्षे कार्यक्रमले स्कूल, कलेजदेखि उद्यमशिलतामा लागेका उद्यमीहरुलाई वित्तीय रुपमा साक्षर बनाउन सघाउ पु¥याउने बताइएको छ । विशेषगरी फिन–टिचले ६ देखि ९ कक्षा, ११ र १२ कक्षा र उद्यमशिलतामा लागेका व्यक्तिहरुलाई लक्षित गरेर पाठ्यक्रम डिजाइन गरेको छ ।
