शिवम् सिमेन्टको शेयर खुल्यो, मकवानपुरका यी बैँकहरुबाट आवेदन दिन सकिन्छ

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार ११:४१

मकवानपुर, १४ साउन । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरबासीका लागि सहुलियत दरमा ८ लाख ८० हजार कित्ता शेयर निश्कासन तथा विक्री खुल्ला गरिएको छ । उद्योगले आइतबारदेखि शेयर खुल्ला गरेको हो ।

शेयर खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साईजको फोटो २ प्रति र यदि बसाई सरी आएको भए बसाईसराई गरेको प्रमाण पत्रको प्रतिलिपि १ प्रति आवश्यक पर्ने शिवमले जनाएको छ । परियोजना प्रभावित क्षेत्र भएकाले मकवानपुरबासीका लागि प्रतिकित्ता शेयर मूल्य ३ सय रुपैयाँ तोकिएको छ ।

शिवमका अनुसार मकवानपुरका सबै स्थानीय तहहरुमा शेयरका लागि आवेदन संकलन गरिनेछ । आवेदनका लागि निम्न बैँक तथा स्थानहरु तोकिएका छन् ।

१) सेञ्चुरी कमर्सियल बैँक–बकैया, भिमफेदी, हेटौँडा, मनहरी दामन, बज्रबाराही, चौघडा, कमाने, बस्तिपुर
२) नेपाल बंगलादेश बैँक–गढी, हेटौँडा
३) बैँक अफ काठमाडौँ लुम्बिनी–कुलेखानी, हेटौँडा
४) ज्योति विकास बैँक–हेटौँडा फापरबारी
५) महालक्ष्मी विकास बैँक–हेटौँडा
६) सांग्रिला डेभलपमेन्ट बैँक–हेटौँडा
७) सिदार्थ बैँक–हेटौँडा
८) गरिमा विकास बैँक–हेटौँडा
९) सिटिजन इन्टरनेशनल–हेटौँडा
१०) ग्लोबल आईएमई बैँक–हेटौँडा
११) ओम डेभलपमेन्ट बैँक–हेटौँडा
१२) जनता बैँक–हेटौँडा
१३) शिवम् सिमेन्ट–हटिया लाईन, हेटौँडा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*