हेटौँडामा सनराइज बैंकको मेहेन्दी उत्सव

तु खबर संवाददाता
२०७५ श्रावण ३, बिहीबार १६:२२

मकवानपुर, ०३ साउन । सनराईज बैँक लिमिटेड हेटौँडा शाखामा मेहेन्दी उत्सव सुरु भएको छ । हिन्दु नारीहरुको विशेष महिनाको रुपमा परिचित श्रावण महिना भरि सन्राइज बैक लिमिटेडका देशै भरिका शाखा मार्फत मेहेन्दी उत्सव गर्ने कार्यक्रम अन्र्तरगत आज हेटौँडा शाखाले मेहेन्दी कार्यक्रमको सुरुवात गरेको हो ।

बैँकले महिला, दिदीबहिनीहरुलाई लक्षित गरि निशुल्क मेहेन्दी उत्सव कार्यक्रम आयोजना गरेको हो । हेटौडा शाखाको पहिलो महिला ग्राहक तथा सामाजिक अभियन्ता सीता बिष्टलाई दुबै हातमा मेहेन्दी लगाएर कार्यक्रमको समुद्घाटन गरिएको हो ।

हेटौडा –२, कान्तिराजपथ स्थित सन्राइज बैँक हेटौडा शाखाको आफ्नै प्राङ्गणमा आयोजना भएको कार्यक्रममा निःशुल्क रुपमा मेहेन्दी लागाउनका लागि बैँकको तर्फबाट ५ जना व्युटिसियनहरुको व्यवस्था गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पुण नारीहरुलाई आफ्नो इच्छा अनुसारको विभिन्न डिजाइनका मेहेन्दी लगाउने क्रम बेलुका ५ः३० बजे सम्म निरन्तर चलिरहने बताइएको छ ।

‘हामी संग संगै’ भन्ने नाराको साथ अगाडी बढिरहेको बैकले श्रावण महीनामा आम नारीहरुलाई हरियो पहिरन, गरगहन र हातमा मेहेन्दी लगाएर बैंक परिसरमा संग–संगै रमाउने अवसर सृजना गरिएको बैँकले जनाएको छ ।

कार्यक्रमका अवसरमा महिलाहरुले आ–आफ्नो उद्यम गरी अर्थोउपार्जन गर्ने काममा लाग्न र मेहनत गरी कमाएको पैसा सुनौलो भविष्यको लागि बैँकमा बचत गरी पुँजी परिचालन गर्न तथा बैकसँग कर्जा सुविधा लिई महिला शसक्तिकरण मार्फत महिलालाई, चुलो चौको र मेलापातमा मात्र सिमित नभई उत्पादनशिल क्षेत्रमा क्रियाशिल हुनकोलागि बँैकका हेटौडा शाखा प्रबन्धक सुदर्शन खतिवडाले आग्रह गरेका छन् ।

कार्यक्रममा सन्राइज बैँकले प्रदान गर्दै आईरहेको अत्याधुनिक र ग्राहक मैत्री बँैकिङ सुविधाहरु सनराइज मिसकल बैकिङ, बहुमुल्य गरगहनालाई सुरक्षित राख्न लकर सुविधा, बचतकर्ताहरुको स्वास्थ्यको आर्थिक सुरक्षा प्रदान गर्न ल्याइएको सन्राइज स्वास्थ्य तथा दुर्गघटना विमा सुविधा लागाएत बैकको विभिन्न सेवाहरुको बारेमा हेटौडा शाखाका ग्राहक सम्पर्क अधिकृत प्रद्युम्न आचार्यले प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*