सोमबार कोरियन वनको मूल्य बढ्यो, हेर्नुहोस् विनिमय दर
काठमाडौँ, २५ असार । आईतबार सामान्य रहेको कोरियन वनको मूल्य सोमबार बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ५० पैसा छ भन बिक्रिदर ३ सय ६५ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३० रुपैयाँ ०८ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ ४५ पैसा र बिक्रिदर २ सय ९३ रुपैयाँ ०४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
