हेटौँडामा नेपाल अटो मोबाईल्सले मानिटो लोडर बिक्री गर्ने
–जी. न्यौपाने
मकवानपुर, २४ असार । ९० हर्स पावरको शक्तिशाली किर्लोस्कर इन्जीन जडान गरिएको मानिटो (manitou) ब्याक लोडर अब हेटौँडामा समेत खरिद गर्न सकिने भएको छ । हेटौँडामा मानिटोको ब्याक लोडरको आधिकारिक बिक्रेताका रुपमा नेपाल अटो मोबाईल्सले ब्याक लोडर बिक्री वितरणका साथै सर्भिस समेत दिने भएको हो ।
नेपाल अटो मोबाईल्सको आज एक कार्यक्रमकाबिच निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले रिबन काटेर उद्घाटन गरेका हुन् । मानिटो गु्रपको नेपालका लागि आधिकारिक बिक्रेता अटो इलेक्ट्रो मेक प्रा.लि.को ७ औँ डिलरको रुपमा नेपाल अटो मोबाईल्सले सेवा थालेको हो । हेटौँडा–४ पुष्पाञ्जली कम्प्लेक्स मेनरोडमा रहेको भवनबाट संस्थाले लोडर बिक्री गर्ने बिजनेश हेड समिर महर्जनले बताए ।
नेपाल अटो मोबाईल्स बिराटनगरको स्थानीय साझेदारका रुपमा मकवानपुरका कैलाश ढकाल र अञ्जन दाहालले कार्यालयको स्थापना गरेका हुन् । कार्यालयबाट सेल्स, सर्भिस् र स्पेयर्स पार्टसको समेत सुविधा भएको र ओपनिङका अवसरमा केही समयका लागि २ लाख छुट समेत व्यवस्था गरिएको छ ।
