हेटौँडामा पहिलो पटक बेतको सामाग्री बिक्री शुरु
जी.न्यौपाने मकवानपुर, १५ असार । हेटौँडामा बेत (कोन) का सामाग्रीहरुको बिक्री सुरु गरिएको छ । ‘हाम्रो घर संसार’ तथा सिद्धिविनायक काष्ठ उद्योगले बेतका सामाग्रीहरु निर्माण गरी बिक्री थालेको हो ।
बेतका सोफा सेट, झुला, झुल्ने कुर्सी, डाइनिङ टेबुल सेट, टी–टेबुल, कुर्सी, सोलाईट कभर, फुलदानी लगायतको सामाग्री बिक्री वितरण थालिएको हो । उद्योगले सामाग्रीहरु निर्माण गरी हेटौँडा–४ शितल महल चोकमा हाम्रो घर संसार बिक्री केन्द्रबाट सामाग्रीहरु बिक्री वितरण थालेको हो ।
आफुहरुले नयाँ सोचका साथ काम गरीरहेको बताउँदै हाम्रो घर संसार तथा सिद्धिविनायका प्रोप्राईटर सुवाश कार्कीले उत्पादित सामाग्रीहरुमा १० वर्षसम्मै किरा नलाग्ने बताएका छन् । उत्पादित सामाग्रीहरु गुणस्तरीय भएको बताउँदै उनले ती सामाग्रीहरुले छिट्टै बजार पाउने विश्वास व्यक्त गरे ।
‘हामीले अर्डर अनुसार काम गर्छौँ नै त्यसको अलवा नयाँ प्रडक्टहरु पनि बिक्रीमा ल्याउने सोचमा छौँ’, कार्कीले भने ।
