उद्योग वाणिज्य संघका सदस्यहरुलाई छुटैछुट, औँषधिपछि अब होटलमा पनि छुट

तु खबर संवाददाता
२०७५ असार ५, मंगलवार २२:०१

मकवानपुर, ०५ असार । मकवानपुर उद्योग वाणिज्य संघका सदस्यहरुलाई विभिन्न सेवामा छुटको व्यवस्था गरिएको छ । सदस्यहरुले केही समय अगाडि औँषधिमा छुटको व्यवस्था गरिएको छ । अब संघका सदस्यहरुलाई होटलमा समेत छुटको व्यवस्था गरिएको छ ।

संघका सचिव विष्णुगोपाल महर्जनको अध्यक्षता होटल एशोशियसन तथा विभिन्न होटल व्यवसायीहरुबीच मंगलबार भएको छलफल पश्चात संघमा आवद्ध रहेका सदस्यहरुलाई छुट दिने निर्णय गरिएको हो । छलफल कार्यक्रममा बोल्दै होटल एशोसियसनका महासचिव शंकरलाल श्रेष्ठले होटलहरुको भोग्नुपरेका समस्याहरुमा पनि केन्द्रीत रहन आग्रह गरेका छन् ।

अत्याधिक मूल्यवृद्धि, अनुगमन, प्रशासनिक दवावदेखि मकवानपुरको पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय प्रगति हुन नसक्दा होटल व्यवसायीहरुलाई परेको समस्याको विषयमा आप्mना भनाई श्रेष्ठले राखेका थिए । होटल प्रकाश ईन्टरनेशनल प्रा.लि का रविकुमार गुप्ताले होटलहरुले पनि समयसापेक्ष स्तरीकरण गर्दै लैजानु पर्ने र पर्यटक भित्र्याउन गरिने कार्यक्रमहरुमा संघबाट पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

संघका कार्यकारी सचिव विवेक मानन्धरबाट संचालित कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै संघका सचिव महर्जनले छलफल कार्यक्रमको उद्देश्य छुट प्रदान गर्ने मात्र नभई व्यवसायिक प्रवद्र्धन पनि रहेको बताए । पर्यटन प्रवद्र्धनमा संघ सदैव सकारात्मक रहेको र छलफलमा उठेका विषयहरुलाई संघले गम्भीर भई आवश्यक पहल गर्ने पनि उनले बताए । आन्तरिक पर्यटनको विकासकालागि पनि संघले सम्वन्धित निकायहरुसंग आवश्यक पहल गर्ने सचिव श्रेष्ठले बताए ।

छलफलपश्चात मकवानपुरमा रहेका होटल डाउनटाउन, होटल दामन पालुङ, मानस गेष्ट हाउस, युनिक कफि, युनिक क्याफे, होटल सिमा, अमरदिप होटल, ओम नम बुद्ध होटल, समोसा हाउस, होटल अनमोल, दाजुभाई फाष्टफुड, मोटल एभोकाडो, रिगल हेटौँडा रिसोर्ट र प्रकाश होटलमा खाना र बसाईमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*