पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
हेटौँडा, ०४ असार । नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको अवस्थामा पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । करिब पाँचपटक भएको मूल्य वृद्धि चौतर्फी आलोचना भइरहेकै अवस्थामा मूल्य घटाइएको हो । निगमले पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२–९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । हाल हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १.०७५ अमेरिकी डलर कायम गरिएको छ ।
