सनराइज बैंक हेटौँडा शाखाद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी, यस्ता छन् बिमाका विशेषताहरु
हेटौँडा, ०३ असार । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बिमा सुविधा’ प्रदान गर्दै आएको छ । उक्त बिमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५५ वा बिल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।
यसै क्रममा बैंकका हेटौडा शाखाका ग्राहक जय बहादुर गोंग्बा अस्पतालमा भर्ना हुँदा लागेको उपचार खर्च रु. २५,०६४।– बराबरको रकम बैंकका शाखा प्रबन्धक शुदर्शन खतिवडाले बचतकर्तालाई प्रदान गरेका छन् ।
बैंकले ‘स्वास्थ्य बिमा सुविधा’ अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको समेत जानकारी दिएको छ ।
