सनराइज बैंक हेटौडाको वार्षिक उत्सव, स्वास्थ्य उपचारमा एक लाखसम्म दिने
मकवानपुर । सनराइज बैंक हेटौंडाको प्रथम वार्षिक उत्सव भव्य रुपमा मनाइएको छ । हेटौंडा शाखा प्रबन्धक सुदर्शन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ण शाक्य, प्रेम शाक्य, पुस्कर महत र वृन्दलाल श्रेष्ठले केक काटेर शाखाको वार्षिक उत्सवको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा वैंकसँग सहकार्य गर्ने व्यवसायी तथा शुभचिन्तकहरुलाई खादा ओढाएर सनराइज बैंकको लागो र नाम अंकित कप हस्तान्तरण समेत गरिएको थियो ।
यसअघि मकवानपुरका विभिन्न अस्पतालसँग सन्राइज बैंकले स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत गरिसकेको छ ।
सम्झौता भएका अस्पतालमा गई उपचार गराउँदा अस्पतालले २० प्रतिशत रकम छुट दिने छ भने पछि विल पेश गरिसकेपछि बैंकले एक लाख रुपैयाँसम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने छ । सनराइज बैंकका अनुसार, देशभरि ६० भन्दाबढी नीजि अस्पतालसँग यस्तो सम्झौता भइसकेको छ ।

