सहकारी अस्पताल र सनराईज बैँकबिच स्वास्थ्य बिमा सम्झौता, खातावालालाई उपचारमा सहयोग
हेटौँडा, १७ जेठ । मकवानपुर सहकारी अस्पताल र सनराइज बैंक लिमिटेडबिच आफ्ना ग्राहकहरुका लागि स्वास्थ्य बिमा सुविधा सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पश्चात बैंकका बचतकर्ताहरुले मकवानपुर सहकारी अस्पतालमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा रु. १ लाख रुपैयाँ सम्म नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाउने भएका छन् ।
सम्झौता पत्रमा मकवानपुर सहकारी अस्पतालका तर्फबाट अध्यक्ष विष्णु गोेपाल महर्जन र बैंकका तर्फबाट सनराइज बैंक लिमिटेड शाखा कार्यालय हेटौँडाका शाखा प्रबन्धक सुदर्शन खतिवडाले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा बैंकका बचतकर्तालाई विभिन्न शिर्षकमा ५ देखी २० प्रतिशत सम्म अतिरिक्त छुट प्रदान गर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ । उपचारका लागी जाने बचतकर्ताले बैंकको बचतकर्ता भएको प्रमाण अनिवार्य रुपमा देखाउनु पर्नेछ । यसकालागी बचत कर्ता संग बैंकले जारि गरेको ए.टि.एम. कार्ड अथवा अन्य कागजात हुनुपर्ने छ ।
खतिवडाका अनुसार स्वस्थ्य बिमा अन्तर्गत ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था गरिएको छ । यो सुविधा लिनका लागी बचतकर्ताले अस्पतालबाट डिस्चार्ज भएको १५ दिन भित्र अस्पतालको सम्पुर्ण बिल सहित बैंकको कुनैपनी शाखामा पेश गर्न सक्नेछन्् र ततपश्चात स्वास्थ्य बिमा रकम दावि गरेको ७ दिन भित्र पाउने व्यवस्था समेत गरीएको छ ।
यो सुविधा लिनका लागी बचतकर्ताले नेपाल अधिराज्य भर सन्राईज बैंक संग अनुबन्धीत ६५ भन्दा बढी निजी र सम्पुर्ण सरकारी अस्पतालहरुमा उपचार गराउन सक्नेछन् ।
