मकवानपुर आएर मन्त्री लालबाबु पण्डितले भने “म रहुन्जेल कर्मचारीतन्त्र हावि हुन दिन्न”

तु खबर संवाददाता
२०७५ जेष्ठ ८, मंगलवार २१:१५

मकवानपुर ८ जेठ । ३ नम्वर प्रदेश समन्वय परिषद बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कार्यान्वयनका लागि तीनै तहको समन्वय आवश्यक हुने बताएका छन् । आज हेटौंडामा भएको उक्त बैठकमा उनले ३ तहको समन्वयनै अन्तीम विकल्प रहेको समेत दाबी गरे । तीनैवटा तहको आ–आफ्नो अधिकार त छ तर तीनवटै तह एकअर्काका परिपुरक हुन उनले भने ।

मन्त्री पण्डितले भने प्रदेश सरकार अहिले कानून निर्माणको क्रममा रहेको र कानूनले पनि तीन तहको सरकारलाई काम गर्न सहज बनाउने छ । उनले आफु रहुन्जेल कर्मचारीतन्त्र हावि हुन नदिने बताए । कर्मचारीका तन्त्रकै कारण मुलुकमा ठुलो समस्या भएको समेत उनको धारणा छ । साथै जनप्रतिनिधिको मर्यादाक्रमबारे पुर्नविचार भईरहेको मन्त्री पण्डितको भनाई छ ।
कार्यक्रममा ३ नम्बर प्रदेश मूख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहमा अहिले देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताए । २ दिनसम्म चलेको प्रदेश परिषद बैठकमा ३ नम्बर प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखले काम गर्न परेको समस्या अवगत गराउँदै समन्वयका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*