लेखा समितिलाई अभिमुखीकरण
मकवानपुर । प्रदेश नम्बर ३ को सार्वजनिक लेखा समितिलाई अभिमुखीकरण गरिएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा सार्वजनिक लेखा समितिको काम र अधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेको सो अभिमुखीकरणमा लेखा समितिका सदस्यहरु सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै सभामुख श्रेष्ठले जनप्रतिनिधि पारदर्शी हुनुपर्ने बताए । लेखा समितिको क्षेत्राधिकार, काम र कतव्र्यको विषयमा बेलैमा जानकार हुने र त्यसै अनुसार आफ्नो कतव्र्य पूरा हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले लेखा समितिले सक्रय भएर काम गरे धेरै कुरामा सुधार हुन सक्ने औल्याए ।
