मुख्यमन्त्रीले गरे सामाजिक विकास मन्त्रालयको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक
मकवानपुर । ३ नम्बर प्रदेशको सामजिक विकास मन्त्रालयले प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको छ ।
बिहीबार हेटौँडामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले पाश्र्वचित्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सामाजिक विकास मन्त्रालयले नमूना लायक काम गरेको धन्यवाद दिएका छन् । विभिन्न समस्याका बावजुद मन्त्रालयले राम्रो काम गरेको भन्दै उनले यसले कार्यसम्पादनमा सहयोगी हुने समेत बताए ।
कार्यक्रममा बोल्दै सामजिक विकास मन्त्री युवराज दुलालले आफुहरुले धेरै प्रतिकुल अवस्थाको बीचमा काम गरेको बताए ।
