२ करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले तीन दिनभित्र २ करोड ६० लाख नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी प्रभागले ले गएको तीन दिनमा ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले यो घटनामा थप अनुसन्धान गरिरहेको छ ।
