मनहरीमा २ ट्रक गोरु नियन्त्रण, पथलैयामा पठाईयो

तु खबर संवाददाता
२०७५ बैशाख २८, शुक्रबार १७:४८

मनहरी, २८ बैशाख । मकवानपुरको मनहरी गाउँपालिकामा २ ट्रक गोरु नियन्त्रण गरि आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट पथलैयामा पठाइएको छ ।

बैशाख २७ गते साँझ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–७ स्थित सडक खण्डमा सवारी जाँच गर्ने क्रममा हेटौँडा हँुदै पुर्व झापा तर्फ जान लागेको ना. ५ ख. ५२०४ र लु. २ ख. ८१ नम्बरको ट्रकमा ५० वटा गोरु फेला परेको थियो । तर उक्त ट्रकमा गोरुहरुको लागी चाहिने कागजात नभएको हुँदा उनीहरुलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*