इजरायली आक्रमण : सिरियामा २३ लडाकू मारिए

तु खबर संवाददाता
२०७५ बैशाख २८, शुक्रबार १३:५३

बेरुत, २८ बैशाख । इजरायली सेनाले सिरियाका विभिन्न ठाँउमा गरेको आक्रमणमा परी कम्तीमा २३ लडाकू मारिएका छन् । बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले बिहीबार दिएको जानकारी अनुसार मारिनेमा केही सिरियाली र केही विदेशी रहेका छन् ।

इजरायली सेनाले सिरियामा दर्जनौ इरानी सेनालाई पनि आक्रमणका लागि तयारी गरिरहेको बताएको छ । रुसको रक्षा मन्त्रालयले सिरियाका आक्रमण गर्नका लागि सहयोग गरेको बताइएको छ । इजरायलले सिरियामा २८ ओटा लडाकू विमान खटाएको छ भने झण्डै ७० ओटा क्षेप्यास्त्र प्रहार गरेको छ ।

विषेश गरेर दमासकस नजिकैका र सिरियाको दक्षिणपश्चिमक्षेत्रहरुमा आक्रमणकारीले निशाना बनाएको अनुगमनकर्ताहरुले जनाएका छन् । “आक्रमणका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ भने मृत्यु हुनेहरूको संख्या बढ्दै जाने देखिएको छ,” एक अनुगमनकर्ताले भने । (रासस/एएफपी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*