अफगानिस्तानमा बम आक्रमण, बिबिसीका एक सहित सञ्चारकर्मीसहित ३६ मारिए
काबुल, १८ बैशाख । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन ।
मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि छन् । अधिकारीका अनुसार मोटरसाईकलमा आएका आक्रमणकारीले सोमबार बिहान पहिलो बम आक्रमण गरेका थिए ।
लगत्तै विस्फोटस्थलमा पुगेका स्थानीय र सञ्चारकर्मीलाई लक्षित गरी पहिलो आक्रमणको करिव १५ मिनेटपछि दोस्रो आक्रमण गरिएको थियो ।
