राम्रो काम गरेर फर्किएका ३ हजारलाई फेरि कोरिया लगिँदै

तु खबर संवाददाता
२०७५ बैशाख १६, आईतवार १७:३३
तस्बिर–गुगल

काठमाडौँ, १६ बैशाख । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो ।

“परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ”, खनालले भन्नुभयो, “परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।” लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*