व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार २१:५५

सुर्खेत–उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताएका छन् ।

यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए ।

बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘सिन्डिकेटका पक्षपातीहरुले विविध हत्काण्डा मच्चाइरहेका छन्’ मन्त्री यादवले भने,–‘धम्कीले सरकार विचलित हुँदैन्, जनतालाई सहज रुपमा सरकारले सेवा दिन्छ बेलैमा सच्चिएर सरकारको यो निर्णयमा साथ दिँदा उपयुक्त होला ।’

यातायात क्षेत्रमा देखिएको अराजकता अन्त्य गर्न सरकारले सिन्डिकेट तोड्नै पर्ने औल्याए । सिन्डिकेट हटाउँदा जनुसुकै चुनौतीहरु सिर्जना भएपनि सरकारले सहज रुपमा त्यसको अन्त्य गर्ने दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*