त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार २१:५२
File Photo

काठमाडौं– प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रहरीले २०७४ भदौ १४ गते काठमाडौंको सामाखुसी डेरा गरी बस्ने सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन बरामद गरेको थियो । प्रहरीले जोजोहोङलाई सो घटनाका मुख्य अभियुक्तका रुपमा किटान गरेको छ । सो काण्डमा संलग्न भएको आरोपमा प्रहरीले धनुषाबाट भदौमा ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*