पदमपोखरीमा सिर्जनशिल टोल विकासको कमिटि गठन, अध्यक्षमा लेखराम

हेटौँडा, ११ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी मिलन चोकमा सिर्जनशिल टोल विकास समितिको पूर्ण कमिटि गठन गरिएको छ । यस अघि गठित तदर्थ समितिको भेलाले लेखराम डिमडुङ अध्यक्ष रहने गरि ११ सदस्यीय पूर्ण कमिटि गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा त्रिलोचन नेपाल, सचिवमा दिलबहादुर रुम्बा, सहसचिवमा रेणुका मोक्तान र कोषाध्यक्षमा कुमारी लामा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रबहादुर स्याङ्तान, कल्पना घलान कार्की, जमान बल, प्रकाश घलान, साईलीमाया थिङ र सन्तकुमार वाईबा रहेका छन् ।
वडा नम्बर १२ का अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु रुक्मणि गोङ्बा, ज्ञानबहादुर श्रेष्ठ, भुवन खनाल लगायतको आतिथ्यता रहेको थियो ।