यातायात व्यवसायीको बैंक खाता रोक्का हुन सक्ने
काठमाडौँ । सिन्डिकेट तोड्ने गरी सरकारले गरेको निर्णयपछि यातायात समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारलाई चुनौती दिन थालेपछि सरकारले त्यस्ता समितिको बैंक खाता रोक्का गर्ने तयारी थालेको छ । सरकारको निर्णय नमानेर व्यवसायी समितिले उल्टै दादागिरी देखाउन थालेपछि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको समाचार रातोपाटीले लेखेको छ ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीको हवाला दिँदै लेखिएको समाचारमा भनिएको छ, आवाश्यक परे सिण्डकेटको पक्षमा रहेका यातायात व्यवसायीको बैंक खाता सरकारले रोक्न सक्छ, यसवारे अध्ययन भइरहेको छ ।’ ‘राज्यको नियम मान्दिँन भन्नेलाई राज्यले उचित कारवाही गर्छ । सरकार आफ्नो तयारीमा छ ।’
सरकारले प्रधानमन्त्री कार्यलय अन्र्तगतको सम्पत्ति शुद्धीकरण विभागमार्फत उनीहरुका सबै बैंक खाता र आर्थिक कारोबार रोक्ने र व्यवसायीको आर्थिक स्रोतमाथि पनि छानविन गर्ने तयारी पनि गरेको छ ।
