प्रहरीको निशानामा ट्याक्सी, एक घण्टामा नै २५ भन्दाबढी कारवाहीमा

तु खबर संवाददाता
२०७५ बैशाख ४, मंगलवार १२:२६

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबारदेखि ट्याक्सीको मिटर अनुसार गन्तब्यमा जान नमान्ने ट्याक्सी चालकलाई कारवाही सुरु गरेको छ ।

प्रहरीले अभियान चलाएरै काम थालेको हो । ट्याक्सी चालकहरुले मिटरमा जान नमानेको, अत्यधिक रकम मागेकोजस्ता गुनासा पर्न थालेपछि कारवाही अभियान सुरु गरेको हो । मंगलबार बिहानबाट अभियान सुरु गरिएको र एक घण्टा बित्न नपाउँदै २५ भन्दाबढी ट्याक्सीचालक कारवाहीमा परेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*