पदमपोखरी पान्तलेमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

तु खबर संवाददाता
२०७५ बैशाख २, आईतवार ०८:५५

–चन्द्र घलान
हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा आज पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सकारी संस्थाको आयोजनामा स्वास्थ्य शिविर हुन लागेको हो ।

संस्थाको १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरलाई नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेको संस्थाका व्यवस्थापक शुशिला वाईबाले जानकारी दिईन् । शिविर यो समाचार तयार पार्दासम्म अनौपचारिक रुपमा सुरुवात भइसकेको छ भने हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले शिविरलाई औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समयमा महिलाहरुमा बढ्दै गएको पाठेघर तथा स्तन क्यान्सरको समस्यालाई मध्यनजर गर्दै संस्थाले शिविरको आयोजना गरेकोले समस्यामा रहेका तथा आशंका लागेका सहितका महिलाहरुले सेवामा भाग लिन व्यवस्थापक वाईबाले आग्रह गरेकी छिन् । शिविरमा पदमपोखरीका विभिन्न स्थानहरु हात्तीगौँडा, बेलडाँडा, घरेडी डाँडा, भोर्ले, आँपधाप, ठूलोथली, टुटेपानीका साथै नजिकका गाउँपालिकाका वडाहरुबाट समेत महिलाहरुहले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*