काठमाडौँको लाजिम्पाटबाट ५० लाख भारतीय नोटसहित २ जना नेपाली पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार १७:०४

काठमाडौं– प्रहरीले नेपालमा निषेधित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ समेत २ नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपाली छन् ।

काठमाडौंको लाजिम्पाट क्षेत्रमा भारतीय नोटको गैरकानूनी कारोबार भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोली त्यहाँ पुगेको थियो । सोही टोलीले उक्त रकम बरामद गरेको हो ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले १ हजार दरका २२०६ थान र ५ सय दरका ५४५१ थान नोट बरामद गरिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*