पदमपोखरीमा महायज्ञको समापन आज

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार १०:१०

मकवानपुर, २९ चैत । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज समापन हुँदैछ । आज दिउँसो साढे १२ बजे प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी संसदीय दलका नेता तथा पूर्व गृहराज्य मन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सप्ताहको औपचारिक समापन गरिने भएको हो ।

सप्ताहको अन्तिम कथा वाचन तथा भक्तिज्ञान श्रवणमा हिजो सबैभन्दा बढी श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । हिजो साँझ भक्तजनहरु लाखबात्ती बालेर जागाराम बसेका थिए । हिजो दिउँसो प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।

तस्बिर–दिलबहादुर लामा

वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*