काठमाडौंमा रेल ल्याउन नेपाल–भारतबीच भयो यस्तो सहमति !

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार २०:५९
file-photo

नयाँ दिल्ली–प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौंदेखि रक्सौलसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो ।

सहमतिअनुसार पहिलो चरणमा भारतको आर्थिक सहयोगमा नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसलगत्तै आर्थिक पक्षबारे दुई देशबीच समझदारी गरेर रेलमार्गको परियोजना सम्पन्न गरिने भारतीय विदेशमन्त्रालयले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

वक्तब्यमा नेपाल–भारत अन्तर्देशीय रेलसंजाल परियोजनाको पहिलो चरणको प्रगतीले आफूहरुलाई खुसी बनाएको भन्दै दुबै प्रधानमन्त्रीले जनकपुरदेखि जयनगर र बिराटनगरदेखि जोगबानीको रेलवे लाइन सन् २०१८ को अन्त्यसम्म पूर्ण हुने विश्वास व्यक्त गरेको पनि उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*