बारा, पर्सा र धादिङमा आगो लाग्दा क्षति

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार २१:१६
फाइल फोटो

बारा / पचरौता नगरपालिका–४ टेडा गुलेरीया बस्ने रमन रामको दुई वटा एक तले झुप्रो घरमा आगलागी हुँदा धनमालको क्षति भएको छ । प्रहरी अनुसार, बिरेन्द्र रामको एक तले झुप्रो घरमा समेत आगो लागेको छ । आगो लाग्दा चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

आगोमा परी ६० बर्षीया भजिया देवी समेत घाइते भएकी छिन् । स्थानीय र प्रहरीले अगो निभाएको थियो ।
त्यसैगरी, २ नम्बर प्रदेशको बीरगंज महानगरपालिका–४ बिर्ता बस्ने नवलकिशोर साह नुनियाको घरमा सोमबार आगलागी हुदाँ घर नजिकै राखेको साहनवाज अन्सारीको ना.१३ प ४९३४ र हफिज अन्सारीको ना.२०प ८२४२ नम्बरको मोटरसाइल समेत जलेर क्षति भएको छ ।

त्यस्तै धादिङ ज्वालामुखी गाउँपालिका–४ बस्ने धन बहादुर तामाङको दुई तले जस्ताले छाएको कच्ची घरमा सोमबार बिद्युत सर्ट भई आगलागी हुदाँ करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*