हेटौँडामा ३ सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार १९:०१

हेटौँडा, २० चैत । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा ३ उत्कृष्ट सहकारीलाई सम्मान गरिएको छ । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारी बैंकको तर्फबाट नियमित कारोबार र उत्कृष्ट कारोबार गरि ३ विधामा उत्कृष्ट भएको भन्दै सम्मान गरिएको हो ।

दिवशको अवसरमा मुल समारोह समितिले जिल्लाका उत्कृष्ट सहकारीको रुपमा मनकामना दुग्ध उत्पादक सहकारी सस्था, सहकारी अभियानकर्ताहरु विमल ढकाल र कल्पना श्रेष्ठ, ब्यवस्थापकहरु बसन्त घलान तथा कोपीला थापालाई सम्मान गरेको छ ।

त्यस्तै सहकारी बैंकको तर्फबाट नियमित कारोबारमा दिब्यतारा बहुउदेश्यीय सहकारी सस्था तथा उत्कृष्ट कारोबारमा हेटौँडा बचत तथा ऋण सहकारी सस्थालाई सम्मान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*