इन्धनकाे मूल्यमा २ रूपैयाँ बृद्धि
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गरेको छ । बृद्धि भएको मूल्य आज मध्यराति १२ बजेबाट लागु हुने आयल निगमले जनाएको छ ।
पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेकाे छ । अब पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ भने मट्टितेल प्रतिलिटर ८५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

