पूर्वमन्त्री साहविरुद्ध विशेष अदालतमा ३२ करोडको मुद्दा
काठमाडौँ । पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध अवैध सम्पत्ति लुकाएको आरोपमा विशेष अदालतमा मुद्धा दर्ता भएको छ । श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साहले गैरकानुनी गतिविधिबाट रकम आर्जन गरेको आरोप उनीमाथि छ । विभागले अनुसन्धान गरी विशेष अदालतमा रकम जफत गरी कैदको माग गर्दै मुद्धा दर्ता गरेको हो ।
यसअघि अख्तियारले सांसद र मन्त्री हुँदा पदको दुरुपयोग गर्दै साहले ३१ करोडबराबरको रकम अवैध आर्जन गरेको दाबी गरेको थियो ।
