ब्यापारीको अफिस किन गए मातृका यादव ?

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार ०९:००

काठमाडाैं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरूकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् ।

मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको दाबी पनि गरे ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरूले अभियाननै चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि साथ दिन पनि व्यापारीहरूलाई आग्रह गरे ।

त्यस अवसरमा उनले व्यापारीहरू सरकारमैत्री नभएको गुनासो पनि गरे ।

मन्त्री यादवले सरकारले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीसँग विस्तृत छलफल गर्ने योजना बनाएको पनि जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीहरूसँग विस्तृत छलफल गर्ने मन्त्री यादवको योजना छ । मन्त्री यादवले सरकार कालो बजारी हुन नदिन प्रतिबद्ध रहेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*