तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला हुने

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १६:३९

काठमाडौं । वान अप प्रा. लिले बिगत झैँ यस वर्ष पनि मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना गर्ने भएको छ । प्रा.लिको तर्फबाट आज जारी प्रेस विज्ञप्तीमा तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को आयोजना गर्न लागिएको उल्लेख छ ।

अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ । काठमाडौँमा यहि चैत १६ र १७ गते मेला आयोजना गर्न लागिएको हो । उत्कृष्ट कलेजर युनिभरसिटि तथा कन्सल्टेन्सिहरु गरी ३० भन्दा बढी संस्थाहरु सहभागी हुनेछन् । आयोजकका अनुसार, मेलामा उच्च अंक प्राप्त गर्ने तरिकाबारेमा बताइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*