नयाँ वर्षमा अाेली सरकारले दियाे नयाँ ‘उपहार’ : वैशाखदेखि उद्योगमा पनि लोडसेडिङ नहुने

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १२:३८

काठमाडाैं / जलस्रोत उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले बैशाखदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेका मन्त्री पुनले उद्योग क्षेत्रमा लोडसेडिङ नगर्न भनेका हुन् ।

जवाफमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उद्योग क्षेत्रको लोडसेडिङ वैशाख अन्तिमदेखि अन्त्य गर्ने प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।

उद्योग क्षेत्रमा दैनिक ४ घन्टा लोडसेडिङ भइरहेको छ । अहिले पिक समयमा उद्योग क्षेत्रमा लोडसेडिङ गर्ने गरिएको छ ।

स्रोतका अनुसार प्राधिकरणले जेठदेखि त्यसलाई हटाउने योजना बनाएको थियो । जेठदेखि हिमालको हिउँ पग्लेर खोलामा पानीको बहाब बढ्छ्, जसले केहि आयोजनाको उत्पादन बढ्छ ।

उद्योग क्षेत्रलाई पनि पिक समयमा विद्युत् दिने हो भने प्राधिकरणलाई थप २७० मेगावाट आवश्यक पर्छ ।

ढल्कबेर सबस्टेशन अबको डेढ महिनाभित्रै चार्ज गर्ने प्राधिकरणको तयारी छ । अहिले प्राधिकरणले ढल्केबर मुजˆफरपुर प्रसारणलाइनबाट १२० मेगावाट ल्याइरहेको छ । तर, यो सवस्टेशन जार्च भएसँगै भारतबाट २५० मेगावाट आयात गर्न मिल्छ ।

वैशाखको अन्त्य तिरबाट देशमा सञ्चालित आयोजनाको उत्पादन बढ्ने र भारतबाट पनि थप विद्युत् आयात गर्न मिल्ने देखेपछि प्राधिकरणले वैशाख अन्त्यबाटै लोडसेडिङ अन्त्य गर्ने बचन दएको छ ।

‘नयाँ वर्ष, नयाँ सरकारसँगै उद्योगीलाई नयाँ सन्देश दिनुपर्‍यो भन्ने मन्त्रीको आग्रहपछि प्राधिकरण वैशाखको अन्त्यबाट उद्योग क्षेत्रमा लोडसेडिङ अन्त्य गर्न सहमत भएको हो’ स्रोतले भन्यो ।

अहिले प्राधिकरणले उद्योगलाई पिकको समयमा विद्युत्को महशुल बढाएको छ । जसका कारण पनि यो समयमा उद्योगीले विद्युत् खपत धेरै नगर्ने प्राधिकरणको आंकलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*