मोदी सरकारलाई ४३ पत्र लेखेँ, तर कुनै पत्रको पनि जवाफ आएन भन्दै अन्ना हजारेले सुरु गरे अनसन

तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार १४:५९

काठमाडौँ । समाजसेवी अन्ना हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई वितेको चार बर्षमा ४३ पटक पत्राचार गरेपनि सो मध्ये एउटा पनि पत्रको जवाफ नपाएको बताएका छन् । यसो भन्दै उनले भारतको रामलिला मैदानमा अनसन पनि सुरु गरेका छन् ।

सात बर्ष पहिले भ्रष्टाचारलाई राक्नु पर्ने माग गर्दै उनी यहि मैदानमा अनसन बसेका आजका भारतीय पत्रपत्रिकाले लेखेको समाचार बीबीसी हिन्दीले उल्लेख गरेको छ । अन्नाले लोकपालको नियुक्ति र किसानको लागि न्यूनतम समर्थन मूल्य तय गर्न सरकारसँग एक्सन प्लानको माग गरिरहेका छन् । हिन्दुस्थान टाइम्स पत्रिकामा आएको समाचार उल्लेख गर्दै बीबीसी हिन्दीले अन्नाले अनसन सुरु गर्दै मोदी सरकारलाई वितेको बर्षहरुमा ४३ वटा पत्र पठाएको र त्यो मध्ये एउटाको पनि जवाफ नआएको समाचार लेखेको छ । अन्नाले भनेका छन्, जसका कारण म अनसन बस्न बाध्य भएको छु ।

टाइम्स अफ इन्डियामा छापिएको समाचारलाई बीबीसी हिन्दीले प्रेस रिभ्यु भन्दै छापेको छ । सो समाचार अनुसार, मोदी सरकारले ट्रेन र बसहरुलाई रोकेर किसानलाई दिल्लीसम्म पुग्न दिइएन । अहमद नगरमा रहेका किसान पोपट राव साठेको भनाइ उदृत गर्दै रेलमा चढ्नै लाग्दा प्रहरीले उनलाई रोकेको टाइम्स अफ इन्डियाले लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*