सुनको भाउ रु ५०० ले बढ्यो
काठमाडौं – नेपाली बजारमा आज छापावाला सुनको मुल्य बढेको छ । छापावाल सुन आज रु ५०० ले बढेर प्रतितोला ५७ हजार ९ सय पुगेको छ ।
यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन ५७ हजार ४ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार १ सय रहेको थियो ।
यस्तै आज चादी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले छ ।
