अफगानिस्तान कारवाहीमा २० लडाकुहरुको मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र ६, मंगलवार ११:४८
तस्बिर–गुगल म्याप

लस्करगाह, अफगानिस्तान, ६ चैत । अफगानिस्तानको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा परी आइतबार मात्रै २० भन्दा बढी लडाकूहरु मारिएका छन् ।

हेल्मन्ट प्रान्तमा भएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी वक्तव्यमा मारिएका सवै जना लडाकू नै भएको दावी गरिएको समाचारमा जनाइएको छ । “अफगानी सुरक्षाकर्मीले दक्षिणी हेल्मण्ड प्रान्तको माज्राह र नाड अली जिल्लामा विभिन्न सैन्य कारबाही चलाएका थिए, ती कारबाहीका क्रममा २० जना लडाकू आइतबार मारिएका छन्,” वक्तव्यमा उल्लेख छ ।

सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीहरुले लडाकूका हातहतियार, विस्फोटक पदार्थ लगायतका सामग्रीहरु नियन्त्रणमा लिएर नष्ट पनि गरिएको जनाएका छन् । मारिनेमध्ये कोही पनि आम नागरिक र सुरक्षाकर्मीहरु नरहेको पनि सुरक्षा अधिकारीको दावी छ ।घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया आएकोे छैन ।(रासस/सिन्ह्वा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*