कुलेखानी तोकिएको समयभित्र सम्पन्न नगर्नेमाथि कारवाही हुने
मकवानपुर । कुलेखानी जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्नेमाथि कारवाहीको प्रकृया अघि बढेको उर्जा मन्त्री बर्षमान पुनले बताएका छन् । राष्ट्रिय गौरवको आयोजना तोकिएको समयभित्र सम्पन्न नगर्नेहरुमाथि अब सरकारले कारवाही गर्ने उनले बताएका हुन् ।
मकवानपुरमा रहेको कुलेखानी तेस्रो जलविद्युत आयोजना पटकपटक समय थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । आफू अर्थमन्त्री हुँदा प्रधानमन्त्रीसमेतले कुलेखानीको निरीक्षण गर्दा अबको एक बर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको स्मरण गर्दै उर्जामन्त्री पुनले कुलेखानी तोकिएको समयभित्र निर्माण सम्पन्न नगर्नेहरुको छानविन भइरहेको बताएका हुन् ।
राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएकै समयभित्र निर्माण सम्पन्न नगर्नेहरु को को हुन् उनीहरुमाथि छानविन हुन्छ र दोषी देखिएकाहरुमाथि कारवाही हुन्छ, पुनले भनेका छन् ।
