सम्सी गाउँपालिकाको लागि बजेट रु २८ करोड ४४ लाख

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार ०९:३७

गौशाला, ९ फागुन । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ ।

सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका उपाध्यक्ष नगिनादेवी यादवले आर्थिक वर्ष २०७४/७५ का लागि रु २८ करोड ४३ लाख ९६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको प्रथम गाउँसभा गाउँपालिका अध्यक्ष शेष फारुखको अध्यक्षतामा भएको थियोे । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*