अफगानिस्तानको एम्बुलेन्स बम आक्रमणबारे नेपाल सरकारद्धारा निन्दा

तु खबर संवाददाता
२०७४ माघ १४, आईतवार १५:१७

काठमाडौँ, १४ माघ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ ।

उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
साथै सरकारले उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त जघन्य घटनाका दोषीलाई अफगान सरकारले शीघ्र कानूनको कठघरामा उभ्याउने विश्वास पनि नेपाल सरकारले व्यक्त गरेको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*