कतारमै नेपाली रेष्टुरेन्ट खोल्ने यी युवा को हुन् ?
बारा, ९ माघ । बारा जिल्लाको जीतपुरसिमरा–१४ बस्ने ग्रामीण भेगका एक युवा बिष्णु भट्टले कतारको सहेलिया सहरको १६ नम्बरमा यहि २६ जनवरीमा २४ सैं घण्टा सेवा–सुविधा सहितको होटलको सुरुवात गर्दैछन् ।
न्यू हिमालयन रेष्टुरेन्टको नामले संचालन हुनलागेको उक्त होटलमा १५ जना भन्दाबढी नेपालीले रोजगारी पाउने संचालक बिष्णु भट्ट बताउँछन् । उक्त होटलमा नेपाली थकाली खाना,ईन्डियन खाना,तन्दुरी रोटी,नेपाली मःम–सेकुवा,चाउमिन लगायतको थुप्रै नेपाली तथा ईन्डियन,चाईनिज परिकारहरु पाईनेछ । भट्टले कतारमा विगत एकबर्ष देखी नेपाली होटल तथा रेष्टुरेन्ट संचालन गरी नेपाली युवाहरुलाई रोजगार दिनुका साथै सफल ब्यवसाय पनि गर्दै आएका छन् । उनले पहिलो पटक कतारको सानिया सहरमा हिमालय होटल एण्ड रेष्टुरेन्ट संचालन गरे । त्यहां अहिले १० जना नेपालीहरुले काम गर्ने गर्छन् । पहिलो सफलता पछि उनले यो कतारमा दोस्रो लगानी हो ।
नेपालीहरु नेपाली खाना र नेपाली मःम खानको लागि टाठाबाट आउने गरेको अनुभव सुनाउछन् । कतारलाई छिमेकी राष्ट्रहरुले नाकाबन्दी लगाएपछी भने ब्यवसाय टिकाउन चुनौती थपिएको भट्टले बताए । पछिल्लो समय कतारमा होटल संचालन गर्ने युवाहरुको संख्या बृद्धि भएको छ । कतारमा सानो होटल संचालन गर्नलार्ई नेपाली ६० लाख देखी १ करोड सम्मको लागत लाग्ने भट्टले बताए ।
