उद्योग संघ र नारायणी यातायातका नयाँ कार्य समितिलाई स्वागत

तु खबर संवाददाता
२०७४ माघ १, सोमबार ०७:०४

मकवानपुर, १ माघ । मकवानपुर उद्योग वाणिज्य संघले आईतबार एक कार्यक्रमका बीच नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नयाँ कार्यसमितिको स्वागत गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी यातायातका नवनिर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठ र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको नेतृत्वमा दुवै संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष कटुवालले संयुक्त रुपमा सहकार्यका लागि अबको केही दिनमा सकारात्मक प्रतिफल आउने गरी छलफललाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले मकवानपुरका निजी क्षेत्रहरुले एकापसी सहकार्यमा बृहत कार्य गरी मकवानपुरको विकासमा अघि बढ्नु पर्ने धारणा राखेका थिए भने उद्योग संघका अध्यक्ष अर्यालले जिल्लाका निजी क्षेत्रसँग सम्बन्धित संघसंस्थाका बीच नङमासुको सम्बन्ध रहेको बताएका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठले सरकारले लागूगरेको श्रम ऐन गैरव्यवसायिक क्षेत्रमा लागू नगर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सुझाव थियो ।

महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*