सजिलो सहकारीको कारोबार करिब सवा २ करोड

तु खबर संवाददाता
२०७४ पुष २८, शुक्रबार ०९:२१

हेटौंडा,२८ पुस । मकवानपुरको हेटौंडा ४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लि.को कारोबार करिब सवा दुई करोड पुगेको छ । बिहीबार हेटौँडामा भएको संस्थाको सातौँ बार्षिक साधारण सभामा सो जानकारी दिइएको हो ।

संस्थाका कोषाध्यक्ष दिपक सुबेदीले आर्थिक वर्ष २०७३–७४ मा संस्थाले २ करोड २३ लाख ५६ हजार ५ सय २ रुपैयाँ कारोबार गरेको जानकारी दिए
साधरणसभामा संस्थाका अध्यक्ष शेर बहादुर पहरीले संस्थाको आर्थिक वर्ष २०७३–०७४ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७४–०७५ को कार्य योजना पेश गरेका थिए । साधरणसभामा अध्यक्ष पहरीले चालु आर्थिक वर्षभित्रमा संस्थाले सुपथ मुल्यको सहकारी पसल सन्चालन गर्ने बताए ।

संस्थाका लेखा समितिका संयोजक राम बहादुर गुरूङले लेखा समितिको प्रतिवेदन र संस्थाका ऋण उपसमितिका संयोजक ध्रुव प्रसाद अधिकारीले ऋण उपसमितिको प्रतिवेदन पेश गरे । सहकारीमा २ सय ९ जना शेयर सदस्य रहेको छ ।

संस्थाले उत्कृष्ट बचतकर्ता तर्फ संगिता केशरी, जिवनाथ अधिकारी र राजेन्द्र दोङ, उत्कृष्ट बाल बचत कर्ता हर्षित लामिछाने र आयुष्मा खड्का, उत्कृष्ट ऋणी लोक बहादुर तिमल्सिना, अमला खड्की र गोविन्द बजगाईलाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष पहरीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा साधरणसभा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मी, सङ्गत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धर्मराज पुडासैनी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*