सुखी भविष्य बचतको बचत करिब ६३ लाख, साधारणसभामा ४ जनालाई सम्मान
-मञ्जरी बलामी
थाहा नगर, २८ पुस । मकवानपुरको थाहानगरमा अवस्थित सुखी भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ६२ लाख ८५ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सहकारी संस्था लिमिटेडको बिहीबार भएको आठौँ बार्षिक साधाराणसभा मार्फत उक्त हिसाब सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा कोषध्यक्ष रेशम बहादुर बिष्टले अर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाको कारोवारको बारेमा जानकारी गराएका हुन् । जसअनुसार आर्थिक बर्ष २०७३–०७४ मा ६९ लाख ५ हजार १ सय ५४ रुपैया कर्जा लगानी गरेको र १८ लाख ५९ हजार ७ सय रुपैयाँ शेयर पुजी पुर्याइएको देखिएको छ ।

कार्यक्रममा ४ जना सदस्यहरुलाइ बिभिन्न बिद्यामा रु १ हजार ५ सय र प्रमाणपत्र सहित सम्मान समेत गरिएको छ । जसमा साधारण बचततर्फ थाहानगरपालिका शिखरकोटकी बिमला बिष्ट, मासिक बचततर्फ थाहा नगरपालिका चित्लाङकी सरु बलामी, उत्कृष्ट ऋण कारोवार कर्ता थाहा नगरपालिका बज्रबाराहीका उपेन्द्र यादब र दैनिक बचतकर्ता थाहानगरपालिका दामनका मोहन सिं लामालाई सम्मान गरिएको छ ।
लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष रेशम बहादुर बिष्ट, पुर्व अध्यक्ष भरत गोपाली, ब्यवस्थापक बिक्रम गोपाली, जेसिजका वर्ष २०१५ का अध्यक्ष जर्म श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

