मूल्य वृद्धिको विरोधमा मउवा संघले मुख खोल्यो

तु खबर संवाददाता
२०७४ पुष २३, आईतवार १७:४८

मकवापनुर, २३ पुस । पछिल्लो समयमा छड, सिमेन्ट तथा अन्य अत्यावश्यक वस्तुहरुमा अकश्मात मूल्य वृद्धि भएपछि मकवानपुर उद्योग वाणिज्य संघले आवाज उठाएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष कृष्ट कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैंक व्याजको दरमा भएको वृद्धिलगायतका विभिन्न कारणले हुने मूल्यवृद्धिको असर स्वभाविकरुपमा आम उद्योगी–व्यवसायी तथा सर्वसाधारणमा पर्ने निश्चित भएको भन्दै पछिल्लो समय विभिन्न कारणले छडमा प्रति केजि रु. ८ देखि रु. १० सम्म र सिमेन्टमा प्रति बोरा रु. ३० देखि रु १००।– भन्दा बढीसम्म भएको अप्रत्यासित मूल्यवृद्धिले संघको ध्यानाकर्षण भएको जनाइएको छ ।

मूल्यवृद्धिको सिधा असर साना देखि ठूला आयोजनाहरुलगायत सबै संरचना निर्माणमा पर्ने देखिएको भन्दै सिमेन्टको हकमा अन्य मुलुकबाट क्लिङ्कर आयात गरी सिमेन्ट उत्पादन गर्दा लागत वृद्धि हुन गई मूल्यवृद्धि गर्नु परेको भनिएतापनि स्वदेशमै क्लिङ्कर उत्पादन गर्ने उद्योगहरुले पनि सिमेन्टमा मूल्यवृद्धि गर्नु सान्दर्भिक नहुने संघले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ –‘अत्याधिक मूल्यवृद्धि न्यूनिकरण गरी उद्योगी–व्यवसायी तथा सर्वसाधारण उपभोक्तालाई छड तथा सिमेन्टको उपयुक्त मुल्य निर्धारण गरी राहत पु¥याइदिने व्यवस्थाको लागि यस संघ सम्बन्धित निकायहरु समक्ष हार्दिक अनुरोध गर्दछ । ’
हेर्नुहोस् विज्ञप्ति :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*