नाफामुखी बन्दै सहकारी : चर्को ब्याजदरमा ऋण लगानी

तु खबर संवाददाता
२०७४ पुष २१, शुक्रबार १५:१५

काठमाडौँ, २१ पुस । व्यापारघाटा कम गर्न सहकारी संस्थाले उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको छ । राष्ट्रिय सहकारी महासंघले आज यहाँ आयोजना गरेको दुईदिने कार्यशालाका सहभागिले सो धारणा राखेका हुन् ।

उक्त कार्यशालामा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले चुलिँदो व्यापारघाटा कम गर्ने प्रमुख माध्यम सहकारी संस्था भएको बताउनुभयो । राज्यको व्यापारघाटा रु नौ खर्ब पुगेको छ । जबकि राज्यको कूल बजेट लगभग रु १२ खर्ब छ । सो अंक कूल बजेटको ३३.३३ प्रतिशत हुन आउँछ ।

कूल गार्हस्थ्य उत्पादनमा कृषि र पशुपालन क्षेत्रको ३३ प्रतिशत योगदान छ । जबकि झण्डै ३५ हजार सहकारी संस्थामध्ये पाँच प्रतिशतले मात्र उत्पादनमा जोड दिएका छन् । झण्डै रु पाँच खर्ब पूँजी ३५ हजार सहकारी संस्थासँग छ । तर अधिकांश सहकारी संस्था जोखिम बहन गर्न चाँहदैनन् र उत्पादनका क्षेत्रमा लगानी गर्नसमेत डराउँछन् । गाउँ, शहरमा बसोबास गर्ने सीमान्तकृत र लक्षित समुदायलाई सस्तो ब्याजदरमा कर्जा प्रर्वाह गर्नुपर्ने केही सहकारी जस्तै बचत तथा ऋणका नाममा दर्ता भई कार्य गर्दै आएका संस्थाले उत्पादनमा नभई चर्को ब्याजदरमा ऋण लगानी गरेको पाइन्छ ।

राष्ट्रबैंकका पूर्व गभर्नर डा युवराज खतिवडाले सहकारी संस्था पूँजी संकलन गर्ने र बढीभन्दा बढी नाफा आर्जनमा केन्द्रीकृत भएकाले समाजमा धनी र गरिबबीचको खाडल चुलिँदै गएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघद्वारा शुक्रबार काठमाडौँमा आयोजित दुई दिने सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीमा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलयागत । तस्बिर : प्रदीपराज वन्त, रासस

केही बचत तथा ऋण सहकारी संस्थाले शुरुमा रु दुई प्रतिशत सेवा शुल्क र १८ प्रतिशतसम्म ब्याज लिने गरेको पाइन्छ । एक सहकारी संस्थाका ऋणी हरेराम थापाले वचत सहकारी संस्था दैनिक वचत संकलन गर्छन् र वचत कर्तालाई आठदेखि नौ प्रतिशतमा ब्याज दिन्छन् भने आफू १७ देखि १८ प्रतिशत ब्याजदरमा लगानी गर्छन् भन्नुभयो ।

आर्थिक समृद्धि, दिगो विकास, सहकार्य र एकताको भावना जगाइ उत्पादनमा जोड दिनु सहकारीको सिद्धान्त हो । तर पछिल्लो समयमा सहकारी संस्था नाफामुखी बन्दै गएको पाइन्छ । नेपालमा सहकारी संस्थाको संस्थागत विकास भएको झण्डै ६१ वर्ष पुगेको छ । सहकारी विभागको पछिल्लो तथ्याङ्कमा वचत तथा ऋण, कृषि, दुग्ध, उपभोक्ता, तरकारी तथा फलपूmल, चिया, कफी, जडीबुटी, जलविद्युत्, मौरीपालन, जुनार, ऊखु, विद्युत्, स्थास्थ्य, सञ्चार, बीउबिजन, मत्स्यपालन, पर्यटन, सुपारी, पशुपालनलगायत ३४ हजार ५१२ सहकारी संस्था सञ्चालनमा रहेको उल्लेख छ ।

त्यसैगरी, जिल्लास्तरीय संघ ३२५, विषयगत केन्द्रीय संघ २० तथा राष्ट्रिय सहकारी बैैंक एउटा रहेको छ । सहकारी क्षेत्रको योगदानलाई कूल गार्हस्थ्य उत्पादनमा केलाउँदा केन्यामा ४५, न्यूजिल्याण्डमा २०, फ्रान्समा १८, भारतमा ४.०१३, श्रीलंकामा ३.७५ र नेपालमा चार प्रतिशत योगदान पु¥याएका छन् । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*