पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार २०:३७
तस्बिर–गुगल म्याप

जलालाबाद (अफगानिस्तान), १८ पुस (रासस/सिन्ह्वा) : पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् ।

आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको प्रवक्ता आताउल्लाह खोगीआनीले बताउनु भएको छ ।

नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतङ्ककारी लुकेर बसेका स्थानलाई लक्षगरी मङ्गलबार बिहान सरकारी सुरक्षा बलले गरेको हवाई कारबाहीमा परी ६० आतङ्ककारी मारिनुको साथै अन्य १८ जना घाइते भएका खोगीआनीले बताउनु भएको छ ।

यस कारबाहीको क्रममा एक सर्वसाधारणको मृत्यु हुनको साथै अन्य १३ घाइते भएका बताइएको छ ।

नान्गाहार प्रान्तको पूर्वी भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*